स्याङ्जाको काल्खु मेलामा प्रिक्वाटर सकियो
स्याङ्जा | बैशाख ६, २०८२
स्याङ्जाको पुतलीबजार नगरपालिका–९ काल्खुमा जारी ‘ऐतिहासिक काल्खु मेला’मा प्रिक्वाटरफाइनलका खेल सम्पन्न भएका छन् ।
जनसम्पर्क युवा क्लबको आयोजनामा गत चैत्र पूर्णिमा(३० गते) देखि सञ्चालित मेलामा भलिबलतर्फ शनिबार प्रिक्वाटरका सबै खेल सकिएको क्लबका अध्यक्ष दिपक रानामगरले जानकारी दिए ।
उनका अनुसार (भोलि) आइतबार क्वाटरफाइनलसँगै बाँकी सबै चरणका खेल सम्पन्न गर्ने तयारी छ ।
उनले क्वाटरफाइनलको पहिलो खेल ओरस्टे र लामागाउँबीच बिहान ७ बजे सञ्चालन हुने बताए । यस्तै दोस्रो खेलमा कोल्मा र कालीकोट ८ बजे प्रतिस्पर्धा गर्नेछन् ।
तेस्रो खेलमा भने सालडाँडा जामुने र भोर्ले भिड्ने अध्यक्ष रानामगरले जानकारी दिए । उनका अनुसार क्वाटरफाइनलको अन्तिम खेलमा गैया र गहते टिम ‘बि’ बीच प्रतिस्पर्धा हुनेछ ।
बाहुले आफुलाई बाईमा पार्न सफल बन्दै अघिल्लो चरणमा प्रवेश गरिसकेको छ ।
आज (शनिबार) दोस्रो चरया र प्रिक्वाटरफाइनलका गरी ९ वटा खेल सम्पन्न भएका थिए ।
भलिबलको विजेतालाई नगद ८१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ ।
उपविजेता टोलीलाई नगद ४१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ । भने, तृतीय हुने टिमले नगद २१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र हात पार्नेछ ।
सो प्रतियोगिताबाट एउटा टिमलाई अनुशासित टिमको रुपमा नगद रु १२ हजारसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

